+
+
Shares

अध्यादेश फिर्ता लिएर संसदको अधिवेशन बोलाउन जसपाको माग

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १ गते १५:३८

१ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिन माग गरेको छ ।

सरकारले मंगलबार ल्याएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश फिर्ता लिएर संसदको अधिवेशन बोलाउनुपर्ने उसको माग छ ।

जसपा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादवद्वारा बुधबार जारी विज्ञप्तिमा भनिएको छ, ‘सरकारले अध्यादेश तुरुन्त फिर्ता लिई संघीय संसदको हिउँदे अधिवेशन यथाशीघ्र बोलाउनुपर्दछ ।’

सरकारले ल्याएको अध्यादेशले सार्वभौमसत्ता सम्पन्न नेपाली जनताको सर्वोच्च निकाय जनप्रतिनिधि संस्था, संघीय व्यवस्थापिका संसदलाई नै उपेक्षा गरी विधिको शासन विपरीत षडयन्त्रपूर्वक ढङ्गले सर्वसत्तावादी तथा आफ्नो स्वेच्छाचारी शासन चलाउन र संवैधानिक निकायहरूलाई नियन्त्रणमा लिन संविधानको भावना र मर्ममाथि प्रहार गरेको जसपाको दाबी छ ।

जसपाले भनेको छ, ‘सरकारको यस कदमले संसदको सर्वोच्चता रहने संसदीय लोकतान्त्रिक प्रणालीलाई नै चुनौती दिनुका साथै संविधान र लोकतान्त्रिक गणतन्त्रलाई नै धरापमा पारी मुलुकलाई राजनीतिक द्वन्द्वको भूमरीतर्फ धकेल्ने कार्य गरेको छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?