Comments Add Comment

सिंगापुरका झण्डै आधा विदेशी कामदारमा कोरोना संक्रमण

१ पौष, काठमाडौं । एक अधिकारवादी संस्थाले सिंगापुरमा रहेका झण्डै आधा दर्जन आप्रवासी कामदारहरुमा कोरोना संक्रमण भएको बताएको छ ।

अधिकारवादी संस्था टिबब्लुसीटु नामक संस्थाले गरेको अध्ययनले सो संख्या देखाएको हो । विगत ९ महिनाको अवधिमा १ लाख ५२ हजार कामदार संक्रमित भएको नयाँ तथ्यांकले देखाएको हो जुन ४७ प्रतिशत हुन आउँछ । विदेशी कामदारलाई गणना नगर्दा सिंगापुरमा ४ हजार व्यक्ति कोरोना संक्रमित भएका छन् ।

पछिल्लो समयमा सिंगापुर सरकारले त्यहाँका नागरिक र विदेशी कामदार दुवैमा संक्रमण कम भएको भन्दै जनजीवन खुला गर्ने नीति अख्तियार गरेको थियो ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले विदेशी कामदार समूहमा बस्ने भएका कारण उनीहरुमा संक्रमण बढेको भन्दै उनीहरुका लागि छुट्टै मापदण्ड समेत सार्वजनिक गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment