Comments Add Comment

लेवान्डोस्कीलाई फिफा बेस्ट अवार्ड

३ पुस, काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखबाट खेल्ने पोलिस फरवार्ड रोवर्ट लेवान्डवस्की वर्षको उत्कृष्ट खेलाडी बनेका छन् । विश्व फुटलको सर्वोच्च संस्था फिफाले प्रदान गर्दै आएको दी बेस्ट फिफा अवार्ड जित्दै लेवान्डोस्की विश्वकै उत्कृषट खेलाडी घोषित भएका हुन् ।

अन्तिम मनोनयनमा परेका लिओनल मेसी र क्रिस्टियानो रोनाल्डोलाई पछि पार्दै लेवान्डोस्कीले पहिलो पटक यस अवार्ड जितेका हुन् ।

पोल्याण्डका फरवार्डले गत वर्ष ४७ खेलमा ५५ गोल गरेका थिए । यस्तै बायर्नले युरोपियन च्याम्पियन्स लिग बुण्डेसलिगा जर्मन कप लगायत पाँच उपाधि जित्दा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

३३ वर्षीय फरवार्डले बिहीबार मात्रै बुण्डेसलिगामा २५०औं गोल पूरा गर्दै नयाँ उपलब्धि हात पारे ।

यस्तै महातर्फ इंग्ल्याण्डकी लुसी ब्राउण्जले पहिलो पटक फिफा बेस्ट अवार्ड जितेकी छिन् ।

म्यानचेष्टर सिटीमा खेल्न जानुअघि ब्राउन्जले फ्रेन्च क्लब ओलम्पिक लियोनमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

यसैगरी वर्षको उत्कृष्ट पुरुष प्रशिक्षकको अवार्ड लिभरपुलका प्रशिक्षक योर्गन क्लोपले जितेका छन् भने महिलातर्फ नेदरल्याण्ड्स महिला टिमका प्रशिक्षक सारिना विगमनले जितेका छन् ।

यस्तै बायर्नका गोलकिपर मानुएल नोएले बेस्ट फिफा गोलकिपरको अवार्ड जितेका छन् भने महिलातर्फ लिइनका सारा बाउहाड्डीले उक्त अवार्ड जितिन् ।

प्रिमियर लिग क्लब टोटनहम हट्सपरका हेउन मिन सनले उत्कृष्ट गोल गर्ने खेलाडीले पाउने फिफा पुस्कास अवार्ड प्राप्त गरे ।

यस्तै फिफा टिम अफ दि इअरमा बायर्न र लिभरपुलका खेलाडीको बाहुल्य रहेको छ ।

लिभरपुलबाट गोलकिपर एलिसन बेकर, डिफेण्डरद्वय भर्जिल भान डाइक र ट्रेन्ट अलेक्जान्डर आर्नोल्ड टीम अफ दि इअरमा परेका छन् । यस्तै यसै सिजन बायर्नबाट लिभरपुल पुगेका थियागो अलकान्टारा पनि उक्त टिममा छन् । बायर्नबाट डिफेण्डर अल्फोन्सो डेभिस, मिडफिल्डर जोसुअ किम्मिच र फरवार्ड रोवर्ट लेवान्डोस्की परेका छन् । यसैगरी रियल मड्रिडबाट सर्जियो रामोस म्यानचेष्टर सिटीबाट मिडफिल्डर केभिन डे ब्रुएना बार्सिलोनाबाट फरवार्ड लिओनल मेसी तथा युभेन्ट्सबाट क्रिस्टियानो रोनाल्डो परेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment