Comments Add Comment

पार्टी विधि र पद्दतिले चले हाम्रो जित : झलनाथ खनाल

३ पुस, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी विधि र पद्दतिमा चले आफ्नो जित हुने बताएका छन् । पेरिसडाडाँमा शुक्रबार आयोजित कार्यक्रममा नेता खनालले पार्टी एकीकरण भएबाटै विधि र पद्दतिमा चल्न छोडेको बताए ।

‘पार्टी एकता ऐतिहासिक काम थियो । हामी उत्साहित र खुशी भयौं । तर, एकतालाई व्यक्तिगत लाभका नाममा दुरुपयोग गर्ने प्रयत्न भयो’, खनालले भने । उनले पार्टी एकता एकीकरणको सुरुबाटै अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले मनपरी गर्न थालेको बताए । बदमासी र मनपरीकै कारण अहिले पार्टीमा संकट देखिएको खनालको भनाइ थियो ।

अहिले व्यक्तिगत लाभका लागि राज्यसत्ताको चरम दुरुपयोग भएको उनले बताए । ओली पार्टी र सरकार दुवैतर्फ असफल भएकाले नयाँनयाँ संकट आउने गरेको खनालले टिप्पणी गरे । उनले अहिले पार्टीमा पदका लागि नभएर विधि र पद्दतिका लागि बहस भइरहेको बताए ।

‘कतिपयले पद पाउनु असन्तुष्टि भन्ने टिप्पणी गरेको सुन्छु । तर, त्यस्तो होइन । नेकपा विधि र पद्दतिमा हिडेँ हाम्रो जित हुनेछ’, खनालको भनाइ थियो । पेरिसडाडाँमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल निकट प्रदेश १ का जिल्ला अध्यक्ष, सचिव र राजधानी उपत्यकामा उपलब्धि केन्द्रीय सदस्यहरु सहभागी थिए । भेलालाई प्रचण्ड, नेपाल र खनालले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment