Comments Add Comment

अध्यादेशबारे आजको नेकपा बैठकले के गर्ला ?

५ पुस, काठमाडौं । यस अगाडि बसेको नेकपा बैठकले दुईवटा निर्णय गर्‍यो । पहिलो, प्रधानमन्त्रीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश फिर्ता लिने, दोस्रो, विशेष अधिवेशन बोलाउने मागसहित राष्ट्रपतिलाई बुझाउन लागिएको निवेदन अगाडि नबढाउने ।

दोस्रो तत्कालै कार्यान्वयन भयो । स्थायी समितिमा सो सहमतिसँग निवदेन बुझाउन गएका नेकपाका नेताहरु भीम रावल र पम्फा भुसाल फिर्ता भए । तर अध्यादेश भने अहिलेसम्म फिर्ता भएको छैन् ।

हुन त त्यही बैठकमा प्रधानमन्त्री केपी ओलीले अध्यादेशको बारेमा केही पनि बोलेका थिएनन् । तर बैठकपछि स्वयं प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विण्णु रिमालले अध्यादेश फिर्ता गर्ने र सहमतिका आधारमा संवैधानिक परिषदमा नियुक्ति गर्ने सहमति भएको भन्दै ट्वीट गरेका थिए । सो सहति भएको भोलीपल्टै प्रधानमन्त्रीले संवैधानिक परिषदको बैठक बोलाए ।

तर, पार्टीको दवाव र प्रधानन्यायधीशको रेल सिग्नलपछि प्रधानमन्त्री ब्याक भए । यस पहिलको स्थायी समितिको बैठकको निर्णय कार्यान्वयन नभएको अवस्थामा आज संवैधानिक परिषदको बैठक बस्दैछ । एक नेताका अनुसार आजको बैठकका सो अध्यादेशबारे प्रचण्ड र माधव नेपाल समूहले अर्काे आवाज उठाउने छन् ।

तर, प्रधानमन्त्री भने स्थायी समितीमा प्रस्तुत भएका दुवै प्रतिवेदन फिर्ता भएमा मात्रै अध्यादेश फिर्ता गर्ने मुडमा छन् । स्थायी समितिको भोलिपल्ट बसेको बैठकमा अध्यादेशबारे कुनै पनि निर्णय भएन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment