+
+
Shares

उखु किसानको समर्थनमा कविता वाचन

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १४:२६

काठमाडौं । बक्यौता रकम उठाउनका लागि अआन्दोलनरत उखु किसानको समर्थनमा कविहरूले शनिबार माइतीघर मन्डलामा कविता वाचन गरेका छन् । १२ जना कविहरूले विभिन्न शिर्षकमा किसान, कृषिजीवी, मजदुर एवम् आन्दोलनरत उखु कृषकका पक्षमा कविता वाचन गरेका हुन् ।

कविता वाचन कार्यक्रममा आन्दोलनरत किसानहरूले पनि आ-आफ्ना कविताहरू सुनाएका थिए । नवलपरासीका राजकुमार राजवरी, सर्लाहीका हरिशरण लगायतले आन्दोलनस्थमा कविताका माध्यमबाट आफ्ना मागको सम्बोधन हुनुपर्ने भावार्थका कविताहरू वाचन गरे ।

युवा कविहरू पवन ढुंगाना, सुष्मा तिमिल्सिना, रसिक राज, सुरज पराजुली, अन्शु खनाल, सारस चरी, राजु झल्लुप्रसाद, देवव्रत, असीम सागरले कविता वाचन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?