Comments Add Comment

अब नेपाली खेलकुदको डिजिटल अर्काइभ राखिने

५ पुस, काठमाडौं । नेपाली खेलकुदको इतिहासमा बारेमा बिरलै लेखिएका छन् र लेखिएका विषयहरु पनि भेट्न कठिन छ । नेपाल खेलकुद कसरी सुरु भयो कुन खेलको इतिहास कस्तो छ भन्ने भेट्न मुस्किल छ ।

यसै सन्दर्भमा अब नेपाली खेलुकदको डिभिजन अर्काइभ राखिने भएको छ ।

नेपाल ओलम्पिक कमिटी एनओसी र नेपाल ओलम्पिक संग्राहलयको सहकरायमा नेपाली खेलकुदको डिजिटल अभिलेख प्रोजेक्ट २०२०-२०२१ सुरु भएको छ । आइतबार एनओसीले एक कार्यक्रमका बीच यसबारे सार्वजनिक गरेको हो ।

यस प्रोजकेटले नेपाली खेलकुदमा दुरगामी प्रभाव रहने एनओसीको विश्वास छ ।

एनओसीको अनुरोधमा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी अन्तर्गतको आईओसी ओलम्पिक सोलिडारिटी कार्यक्रम अन्तर्गत यो काम हुन लागेको हो । यसका लागि सोलिडारिटी कार्यक्रमले आर्थिक अनुदान प्रदान गरेको एनओसीले जनाएको छ ।

यस कार्यक्रमका लागि नेपाल ओलम्पिक कमिटी र ओलम्पिक संग्राहलयबीच यसै वर्षको मार्चमा औपचारिक सम्झौता भएको थियो र अगष्टबाट काम समेत सुरु भइसकेको पनि एनओसीले जनाएको छ ।

‘नेपाली खेलकुदको इतिहासमा यस्तो काम यति वृहतरूपमा पहिलो पल्ट हुन लागेको छ र यो नेपाली खेलकुदको इतिहास अभिलेखिकृत गरेर नयाँ पुस्ताका लागि हस्तानतरण गर्ने प्रयसा हुनेछ ।

‘नेपाली खेलकुदको इतिहास अहिलेसम्म व्यवस्थित ढंगले समेट्ने प्रयास हुन नसकेको स्थितिमा यो प्राजेक्टले त्यसलाई परिपूर्ति गर्ने प्रयास हुनेछ,’ एनओसीले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ ।

ओलम्पिक संग्राहलयले नेपाली खेलकुदको सुरुआती अवस्थादेखि हालसम्मको खेलकुद गतिविधि, सहभागिता र उपलब्धिबारे अभिलेख राख्दै आएको छ । ती अभिलेखलाई अब ‘डिभिटल आर्काभ’ मा सुरक्षित गर्ने प्रयास हुने एनओसे जनाएको छ । यस्तै नेपालका खेलाडी र खेल संघबारे जानकारी संकलन गरिनेछ ।

‘नेपालमा विभिन्न खेलको सुरुआत कसरी भयो, खेलकुद ऐनसंग सम्बन्धित दस्ताबेज, नेपाल ओलम्पिक कमिटी स्वंयको इतिहास, अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको अहिलेसम्मको प्रदर्शनसँगै नेपाली खेलकुदसँग सम्बन्धित तस्वीर र भिडियोको संकलनको प्रयास पनि गरिनेछ । यसका लागि ओलम्पिकसंग आवद्ध खेललाई बढी प्राथमिकता दिइनेछ,’ विज्ञप्तिमा भनिएको छ ।

यस कार्यक्रमको सफलताले नेपाली खेलकुदको इतिहासले ‘डिभिटल आर्काभ’का रूपमा एक निश्चित आकार लिनेछ र यो सबै नेपाली खेलकुदप्रति जिज्ञासुका लागि उपलब्ध हुने पनि एनओसीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment