+
+
Shares

नेदरल्याण्ड्सद्वारा बेलायतबाट आउने उडानमा प्रतिबन्ध

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १७:४७

५ पुस, काठमाडौं । नेदरल्याण्ड्सले आइतबारदेखि बेलायतबाट आउने यात्रुवाहक हवाई उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । बेलायतमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ संक्रमण देखिएसँगै नेदरल्याण्ड्सले जनवरी १ सम्म लागू हुने गरी यस्तो निर्णय गरेको हो । नेदरल्याण्ड्सको सरकारले आगामी दिनमा विकास हुने गतिविधिलाई मध्यनजर गर्दै अन्य यातायातको विषयमा थप निर्देशिका जारी हुन सक्ने बताएको छ ।

नेदरलयाण्ड्सले मानिसहरुलाई कोरोना नियन्त्रणको लागि अति आवश्यक नपर्दासम्म यात्रा नगर्न सुझाव दिएको छ । यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोन्सन र वैज्ञानिकहरुले बेलायतमा देखिएको नयाँ संक्रमण पहिलाको तुलनामा ७० प्रतिशत बढी संक्रामक देखिएको बताएका थिए ।

अहिलेसम्म बेलायतमा कोरोनाबाट २० लाखभन्दा धेरै कोरोना संक्रमित फेला परिसकेका छन् भने ६७ हजारभन्दा धेरै मानिसहरुको मृत्यु भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?