+
+
Shares

सप्तरीमा आफ्नै पार्टीका कार्यकर्ताले जलाए प्रधानमन्त्रीको पुत्ला

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ५ गते १९:१२

५ पुस, सप्तरी । सप्तरीमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)कै नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् । संसद विघटन गरेको विरोधमा सदरमुकाम राजविराजमा नेकपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । संसद विघटन गरेर ओलीले असंवैधानिक कदम चालेको उनीहरुको भनाइ थियो ।

उनीहरुले राजविराजको मदन चोकस्थित नेकपा पार्टी कार्यालयबाट विरोध प्रदर्शन सुरु गरेका थिए । जनआन्दोलन चोकमा पुगेर उनीहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका थिए ।

पुत्ला जलाएपछि आयोजित कोणसभामा बोल्दै नेताहरुले ओलीले असंवैधानिक कदम चालेर निरंकुशता लाद्न खोजेको भन्दै आन्दोलनको विकल्प नभएको बताएका थिए ।

जिल्ला इन्चार्ज एवं केन्द्रीय सदस्य रामप्रित पासवान, जिल्ला अध्यक्ष अशोककुमार मण्डल, जिल्ला सचिव एवं प्रदेश सांसद गोविन्द न्यौपाने, पूर्वमन्त्री उमेश यादव, नेताहरु महेशप्रसाद यादव लगायतले ओलीको कदमविरुद्ध निरन्तर आन्दोलन गर्ने चेतावनी दिएका थिए ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?