Comments Add Comment

बोइङको ७३७ म्याक्स विमान सुरक्षित : युरोपेली नियामक

६ पुस, काठमाडौैं । युरोपको एभिएसन सेफ्टी एजेन्सी (ईएएसए)का प्रमुखले बोइङको अहिले प्रतिबन्धमा रहेको बोइङ ७३७ म्याक्स मोडलको विमान उडानको लागि सुरक्षित रहेको बताएका छन् । ईएएसएका कार्यकारी निर्देशक प्याट्रिक कीले विमानको अवलोकन तथा विश्लेषणपछि विमानमा कुनै समस्या नरहेको पाइएको बताएका हुन् ।

यो विमानमा सन् २०१९ को मार्चदेखि प्रतिबन्ध लगाइएको छ । यो विमानमा देखिएको समस्याको कारण भएका दुई दुर्घटनामा परी ३४६ जनाको मृत्यु भएसँगै विश्वभर यो विमानमाथि प्रतिबन्ध लगाइएको थियो । अमेरिका र ब्राजिलले यसअघि नै विमानलाई अनुमति दिइसकेका छन् । युरोपमा पनि यो विमानले जनवरीको मध्यबाट सञ्चालनमा आउने गरी उडानको लागि अनुमति पाउन सक्ने अपेक्षा छ ।

आफ्नो विमानमा समस्या देखिएसँगै बोइङले विमानमा प्रयोग गरिएको सफ्टवेयर नै परिवर्तन गरेको थियो । त्यसका साथै अब यो विमान चलाउने पाइलटहरुलाई अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment