Comments Add Comment

हङकङ जाने विदेशी यात्रुको क्वारिन्टिन तोकिएका होटेलमा मात्र

६ पुस, काठमाडौं । अब हङकङ पुग्ने सबै यात्रुले त्यहाको सरकारले तोकेको होटेलमा मात्र क्वारिन्टिनमा बस्नुपर्ने भएको छ । नेपाल वायुसेवा निगमका अनुसार कोभिड १९ को संक्रमणको जोखिम र यसको रोकथामका लागि हङकङ सरकारले यस्तो नियम ल्याएको हो ।

यसअघि यात्रुले आफ्नो इच्छाअनुसार होटेल बुक गर्न सक्ने प्रावधान रहेको थियो । स्वास्थ्य प्रोटोकलमा परिवर्तन गरी हङकङले आफुले तोकेका होटेलमा मात्र बस्नुपर्ने नियम ल्याएको हो । सोहीकारण हङकङ जाने यात्रुले अब त्यहाँको सरकारले तोकेका होटेलमा नै क्वारिन्टिन बुक गर्नुपर्ने निगमले जनाएको छ ।

अब टिकट काट्दा यात्रुले हङकङ सरकार, स्वास्थ्य विभागले तोकेको होटेलमा बुक गरी होटेल बुकिङ निश्चितताको प्रमाण पेश गर्नुपर्ने भएको छ । उडानको ४८ घण्टाभित्र स्वाब दिएको आरटी-पीसीआर नेगेटिभ प्रमाणपत्र, भ्यालिड भिसासहित प्रमाण पेश गर्नुपर्ने भएको छ ।

पछिल्लो समय नेपालबाट गएका यात्रुमा निरन्तर कोरोना भाइरस पुष्टि भएपछि हङकङले नेपाल एयरलाइन्सलाई पटक पटक प्रतिवन्ध लगाइसकेको छ । सोहीकारण नेपाल एयरलाइन्सले समेत हङकङ उडानमा यात्रुमाथि कडाई गरिरहेको छ ।

निगमका अनुसार यात्रुले निम्न लिङ्कमा गई हङकङ सरकारले तोकेको होटेल आफ्नो मूल्यअनुसार छान्न सक्ने भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment