Comments Add Comment

मिस यूनिभर्स नेपालमा उत्कृष्ट १८को छनोट घोषणा

८ पुस, काठमाडौं । मिस यूनिभर्स नेपालका लागि नयाँ फ्रान्चाइजी ब्रेभ, बोल्ड एण्ड ब्यूटिफूल प्रालिले ल्याएको यस वर्षको मिस यूनिभर्स नेपालको यही पुुस ७ गते मेरिएट होटोलमा भएको एक समारोहमा उत्कृष्ट १८ को छनाटको घोषणा भयो ।

उक्त समारोहमा उत्कृष्ट १८ ले समाजमा आफ्नो उद्देश्यको बारेमा बताए र त्यसैको आधारमा त्यहाँ उपस्थित मडियाका प्रतिनिधि/व्यक्तित्वहरुले त्यही बेलामा आफ्नो मनपर्ने प्रतियोगीका लागि सोसल एड्भोकेसी विजेता बनाउन भोटिङ गरे ।

उक्त भोटिङको परिणामको आधारमा नीना कान्त मन्डल सोसल एड्भोकेसी विजेता बनेर सिधै उत्कृष्ट १० मा पुग्न सफल भएकी छिन् । यस प्रतियोगितालाई लोकतान्त्रिक बनाउने उद्देश्यलाई फेरि एक पटक भोटिङले पुष्टि गरेको आयोजकले जनाएको छ ।

मिस यूनिभर्स नेपालका विजेताले रु. १० लाख नगद उपहार प्राप्त गर्ने छन् जुन नेपाली सौन्दर्य प्रतियोगिताहरु मध्यकै सर्वाधिक धन राशि हो ।

नेपालमा आयोजित सौन्दर्य प्रतियोगिताहरुमा यस प्रतियोगिताले सबैको समावेशीका लागि नयाँ उदाहरण बन्नुका साथै यसले यस क्षेत्रमा नयाँ परिवर्तन समेत ल्याउने आयोजकले बताएको छ । प्रतियोगिताले आकर्षक धन राशिका साथै विश्वमै समावेशी प्रतियोगिताको मशाल बोक्दै अघि बढ्ने अठोट लिएको आयोजकले बताएको छ ।

सामूहिक विविधताको उदाहरणको रुपमा स्थापित यस प्रतियोगितामा लैङ्गकि विविधता मात्र नभई तौल, उचाई तथा अन्य शारीरिक बनोटमा विविधता भएका प्रतियोगीहरुको समेत सहभागिता रहनेछ ।

‘केही मानिसहरूका लागि विशेषाधिकारमा मात्र सीमित नभईयो प्रतियोगिताले धैरे व्यक्तिहरुका लागि उल्लेखनीय अवसर प्रदान गर्नेछ । नेपालमा आयोजित सबै सौन्दर्य प्रतियोगितामा विविधता ल्याउने उद्देश्य लिएको यस प्रतियोगिताको विजेताको छनौटनिणर्ायक र मतदानको आधारबाट गरिनेछ,’ आयोजकले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment