Comments Add Comment

‘सक्किगोनी’को ‘इरादा’ बदलिए पनि ‘इलाका’ बदलिदैनः अर्जुन घिमिरे

नेपाल टेलिभिजनबाट प्रशारण हुँदै आएको लोकप्रिय हाँस्य सिरियल ‘सक्किगोनी’ विगत २ सातादेखि हिमालय टेलिभिजन एचडीबाट प्रशारण हुँदै आएको छ । यो हाँस्य सिरियललाई हिमालय टेलिभिजनबाट प्रशारण हुन थालेपछि पनि दर्शकले उस्तै माया दिइरहेका छन् । तर, केही दर्शकले गाउँले परिवेश छाडेर शहरको कथावस्तुमा निर्माण टिम हराउन थालेको भन्दै चिन्ता पनि व्यक्त गरेका छन् ।

तर, यो सिरियलका निर्देशक तथा कलाकार अर्जुन घिमिरे भन्छन्–‘हामीले इरादा बदलिए पनि इलाका बदलेका छैनौ । दर्शकले सक्किगोनीको बिषयलाई लिएर कुनै पनि खालको चिन्ता व्यक्त गर्नुपर्दैन । हामी दर्शकलाई निराश हुन दिदैनौं ।’

हिमालय टीभी एचडीमा गएपछि तपाइहरुले के कुरा परिवर्तन गर्न खोज्नुभएको छ भन्ने प्रश्नमा अर्जुनले भने–‘हिमालय टीभीको गुणस्तर र अन्य शोहरुको लोकप्रियतालाई हामीले पनि ख्याल गर्नुपर्छ । हिमालय टीभीमा उत्कृष्ट शोहरु प्रशारण हुँदै आएका छन् । हामीले पनि अन्य शो र हिमालय टेलिभिजनको गुणस्तर अनुसार कार्यक्रम तयार पार्नुपर्छ । सोही सोच अनुसार ‘सक्किगोनी’को कथावस्तु, कलाकारको पहिरन, लोकेशन, प्रस्तुतिलाई परिवर्तन गर्न खोजेका हौं ।’

शैली परिवर्तन गर्दा दर्शकले चिन्ता व्यक्त गर्नुभएको छ नी भन्ने प्रश्नमा उनले भने–‘दर्शकले दिनुभएको मायाकै कारण यो शो लोकप्रिय भएको हो । हामीले एउटा भागमा शहर देखायौं भन्दैमा गाउँ नै नफर्किने भन्ने होइन । कहिलेकाही कथाको माग अनुसार लोकेशन र परिवेश देखाउन आवश्यक पर्छ । एक भाग हेरेर समिक्षा गरिहाल्नु उत्तम नहोला ।’

यो सिरियलमा बिहिबार प्रशारण भएको भागमा गाउँमा हुने गरेको बलात्कारको मुद्दालाई उठान गरिएको छ । यो बिषयमा अर्जुन भन्छन्–‘हामीले हरेक साता कमेडीसँगै केही न केही सामाजिक सन्देश पनि दर्शकमाँझ प्रस्तुत गर्ने कोशिश गरेका हौं । दर्शकले कमेडी मात्र भयो भनेर प्रतिक्रिया दिनुभएको थियो । यसैले, हाम्रो टिमले सामाजिक बिषयलाई पनि कमेडीसँगै जोड्दै अगाडि लैजाने तयारी गरेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment