+
+
Shares

अण्डा पकाउने क्रममा आगो लाग्दा युवतीसहित दुई जना घाइते

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ८ गते १७:१३

८ पुस, जनकपुरधाम । अण्डा पकाउने क्रममा अचानक आगलागी महोत्तरीमा जलेर दुई जना घाइते भएका छन् ।

जिल्लाको बलरा नगरपालिका- ६ स्थित बजारमा ठेला गाडीमा राखेर अण्डा पकाउने क्रममा बुधबार बिहान ११ बजेतिर भएको आगलागीबाट एक युवतीसहित दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

महोत्तरीका प्रहरी प्रवक्ता प्रकाश विष्टले अण्डा पकाउने क्रममा अचानक ग्यास लिक भएर आगलागी हुँदा बरला नगरपालिका ६ की आरती कुमारी साह घाइते भएको बताए । उनको अनुहार, मुख, कपाल र खुट्टा उक्त आगोले जलेको छ । आरती ठेलामा राखेर उसिनेको अण्डा बिक्री गर्दै आएकी छिन् ।

आगो निभाउने क्रममा सोही ठाउँका ५५ बर्षीय चन्द्र ढकालको अनुहार जलेको छ । घाइते भएका दुबै जनालाई उपचारका लागि जनकपुर पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनााएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?