Comments Add Comment

संविधानले प्रत्याभूत गरेको स्वतन्त्र न्यायपालिकाप्रति प्रतिवद्ध छौं : प्रधानन्यायाधीश

८ पुस, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले नेपालको न्यायपालिका संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताका लागि प्रतिबद्ध रहेको बताएका छन् ।

बुधबार सरकारी वकिलहरुको राष्ट्रिय सम्मेलनमा उनले भने, ‘नेपालको संविधानले प्रत्याभूत गरेको स्वतन्त्र, निष्पक्ष र सक्षम न्यायपालिका तथा विधिको शासनको सुनिश्चितताको लागि न्यायपालिका सदैव प्रतिबद्ध, गम्भीर र संवेदनशील छ ।’

न्यायपालिकाको स्वतन्त्रता, निष्पक्षता र गरिमा कायम राख्न सबैले त्यसै प्रकारको सोच, दृष्टिकोण र व्यवहार गर्नुपर्ने पनि प्रधानन्यायाधीश जबराले बताए ।

कोरोना भाइरस (कोभिड–१९) कोे महामारीको प्रभाव न्याय क्षेत्रमा पनि परेको भन्दै उनले विषम परिस्थितिमा पनि अदालतहरू बन्द नभई अत्यावश्यकीय न्यायिक सेवा प्रदान गरेको बताए ।

न्यायमा पहुँचको सुनिश्चितताको विषय सार्वजनिक सङ्कटलगायत कुनै पनि अवस्थामा इन्कार गर्न नमिल्ने भन्दै प्रधानन्यायाधीश जबराले त्यसको प्रत्याभूतिका लागि आफ्नो ठाउँबाट क्रियाशील हुनुपर्ने सबैको दायित्व भएको धारणा राखे ।

यस्तो छ प्रधानन्यायाधीश जबराको  सम्बोधनको पूर्णपाठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment