नेपाली युवा अलराउण्डर कुशल मल्ल पहिलो पटक विदेशी क्रिकेट लिगका लागि छनोट भएका छन् । आगामी जनवरीमा युएईमा हुने टी१० लिगका लागि टीम अबुधाबीले कुशललाई अनुबन्ध गरेको हो ।
नेपाली राष्ट्रिय टिमका अलराउण्डर पारस खड्का इमर्जिङ ट्यालेन्ट मेन्टर रहेको अबुधाबीले युवा खेलाडी कुशललाई छनोट गरेको हो । पारसले गत सिजन अबुधाबीबाट खेलेका थिए । यस्तै सोमपाल कामीलाई मराठा अरेबियन्सले छनोट गरिसकेको छ ।
प्रतिक्रिया 4