+

पीएसजीबाट थोमस टुचेल बर्खास्त, पोचेटिनो नयाँ प्रशिक्षक बन्दै

२०७७ पुष  ९ गते २०:४४ २०७७ पुष ९ गते २०:४४
पीएसजीबाट थोमस टुचेल बर्खास्त, पोचेटिनो नयाँ प्रशिक्षक बन्दै

९ पुस, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पिएसजीले स्ट्रासवर्गलाई ४-० ले हराएको एक दिन पनि नबित्दै प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको रुपमा माउरिसियो पोचेटिनोको नाम अघि आएको छ ।

स्पेनिस अनलाइन मार्काका अनुसार टोटनहमका पूर्व प्रशिक्षक पिएसजीको नयाँ मुख्य प्रशिक्षक बन्ने चर्चाको आधिकारिक निर्णय आउन बाँकी छ ।

अर्जेन्टिनी नागरिक पोचेटिनो पिएसजीको प्रशिक्षक बन्नका लागि सम्झौताको निकै नजिक पुगेको मार्काले जनाएको छ । दुई पक्षबीच सम्झौतामा हस्ताक्षर भएर आधिकारिक भएपछि पिएसजीले यसबारे घोषणा गर्ने पनि मार्काले जनाएको छ ।

पोचेटिनो टोटनहमबाट बर्खास्तमा परेपछि १२ महिनादेखि कामविहीन छन् । उनी राम्रो कामको अवसर पर्खिरहेका छन् ।
यसअघि उनको नाम रियल मड्रिड, म्यानचेष्टर युनाइटेड र युभेन्ट्स जस्ता टिमसंग जोडिएको थियो तर पिएसजीले उनलाई अनुबन्ध गर्ने मार्काले जनाएको छ ।

पोचेटिनोले सन् २००१ देखि २००३ सम्म पार्क डे प्रिन्समा पीएसजीका लागि खेलेका थिए । यदि पोचेटिनो पिएसजीमा पुगे उनी एउटै क्लबाट खेल्ने र प्रशिक्षण गर्ने पीएसजी दोस्रो क्लब बन्नेछ । यसअघि उनले स्पेनिस क्लब स्पानयोलका लागि खेल्दै प्रशिक्षणसमेत गरेका थिए ।

खेलकुद फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय