Comments Add Comment

रौतहटमा प्रधानमन्त्री ओलीको पुत्ला दहन

१० पुस, रौतहट । रौतहटको सदरमुकाम गौरमा जनता समाजवादी पार्टी (जसपा)का नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन ।

गौरको वीपी चोकमा प्रदर्शन गर्दै जसपाका नेता तथा कार्यकर्ताहरुले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन । संसद विघटनको विरोधमा नेकपा प्रचण्ड-ओली समूह, नेपाली कांग्रेस र जसपाले रौतहटमा बेग्लाबेग्लै प्रर्दशन गर्दै आइरहेका छन ।

विरोध कार्यक्रममा जसपाका नेताहरुले प्रधानमन्त्री ओलीको कदमको विरोध गर्दै संसद पुनर्स्थापनाको माग गरेका थिए । उनीहरुले राष्ट्रपति र प्रधानमन्त्रीको विरोधमा चर्को नारावाजी समेत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment