+
+

३ दिनको मौसम पूर्वानुमान : आंशिक बदली, बाक्लो हुस्सु लाग्ने

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष ११ गते ७:५९

११ पुस, काठमाडौं । तीन दिनसम्म देशैभरको मौसममा आंशिकरुपमा बदली हुने र तराईमा बाक्लो हुस्सु र कुहिरो लाग्ने मौसमविद्हरुले पूर्वानुमान गरेका छन् ।

आज शनिबार सुदूरपश्चिम, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम, आइतबार गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, बागमती, गण्डकी, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेश र सोमबार प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा मौसम बदली हुने अनुमान छ ।

शनिबार पनि तराईमा बाक्लो हुस्सु र अत्यधिक चिसो छ । जसका कारण वायुको पारदर्शितामा कमी भएकोले सडक यातायात र हवाई सेवासमेत प्रभावित हुनसक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तो बेलामा यात्रा तय गर्दा सतर्कता अपनाउनसमेत महाशाखाले सचेत गराएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?