Comments Add Comment

सवारी दुर्घटनामा ७ जनाको मृत्यु

११ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ ।

यस्तै पोखरामा भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।  ग.८ प ४९१९ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिई अनियन्त्रित भई पुन: सडक किनारा छेउमा मर्मत गर्दै गरेको स्याङ्जा चापाकोट नगरपालिकाको ग.१ झ ३३३ नम्बरको गाडीमा ठक्कर खाई शुक्रवार साँझ दुर्घटना हुँदा २ जनाको मृत्यु भएको हो ।

दुर्घटनामा मोटरसाइकल चालक स्याङ्जा जगतभञ्ज्याङ बस्ने २१ वर्षीय थमन गुरुङ पैदलयात्री पोखरा बस्ने ४ वर्षीय आरुष अधिकारीको मृत्यु भएको हो । घाइते भएका अन्य ३ जनाको नमस्ते अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

पूर्वपश्चिम सडकखण्डस्थित हटौंडा उपमहानगरपालिका-१९ दारिमटारमा ना.५ ख ४६०९ नम्बरको बस अनियन्त्रित भई शनिबार दिउँसो पल्टिँदा बसका सहचालक लम्जुङ सुन्दरबजार नगरपालिका-८ बस्ने ३३ वर्षीय हरि गौलीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका अन्य  ११ जनाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

यस्तै शुक्रबार राति काठमाडौं महानगरपालिका-१४ बल्खुमा बा.१६ च २९१५ नम्बरको गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । गोरखा लाकलुङ गाउँपालिका-५ घर भई हाल कीर्तिपुर बस्ने ५४ वर्षीय काले आले मगरको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका मगरको बयोधा अस्पताल बल्खुमा उपचारको क्रममा मृत्यु भएको हो । ठक्कर दिने गाडी प्रहरी नियन्त्रणमा छ भने चालक फरार छन् ।

यस्तै बिराटनगर महानगरपालिका-४ स्थित कंचनबारी नोबेल सडकमा को.१ क २८७८ नम्बरको मिनी ट्रकले को.३१ प २३ नम्बरको स्कुटीलाई ठक्कर दिंदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटी चालक सुनसरी दुहबी नगरपालिका-१२ बस्ने ५० वर्षीय रामफल माझीको नोबेल अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

२९ बर्षीय कमरुदिन मियाको सोही अस्पतालमा उपचार भइरहेको छ ।

रत्ननगर नगरपालिका-३ विद्युत चोकमा ना.६ ख २३९८ नम्बरको टिपरले बा.४१ प ८६४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।  मोटरसाइकल चालक नुवाकोट बुङताङ बस्ने २५ वर्षीय सुब बहादुर तामाङको मृत्यु भएको हो ।

यस्तै, पिपरा गाउँपालिका-६ भुईयाथानमा प्रदेश २-०२-००३ प २५४३ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री बलवा नगरपालिका-१ बन्चौरी बस्ने २६ वर्षीया सुनितादेबी साहको मृत्यु भएको छ । मोटरसाइकलमा सवार लोहारपट्टी नगरपालिका-८ भमरपुरा बस्ने १७ वर्षीय चानरेजा राईन घाइते भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment