Comments Add Comment

अहिले नयाँ फिल्म रिलिज गर्ने जोखिम कसैले लिदैनः दीपकराज गिरी

निर्माता तथा कलाकार दीपकराज गिरी अहिले नै हल खोल्नुपर्छ भन्ने पक्षमा थिएनन् । मानिसहरुका लागि मनोरञ्जन अत्यावश्यक चिज नभएको भन्दै उनले सुरक्षित महशुश नगरेसम्म दर्शक हलसम्म नआउने बताएका थिए ।

तर, शुक्रबारदेखि हल खुलेका छन् । दर्शकको उपस्थिती न्यून भएपनि वातावरण बनाउने भन्दै हल संचालकहरुले हल सुचारु गरेका हुन् ।

दीपकराज आफ्नो भनाइ अल्पमतमा परेपछि हल खोल्ने निर्णयमा प्रतिवद्धता जनाएका छन् । उनी भन्छन्–‘म उत्साहित भन्दा पनि हल खुलेकोमा कन्फ्यूजमा छु । नयाँ चलचित्र नआएसम्म ठूलो जमात हलसम्म आउन गाह्रो छ । पुरानो चलचित्रले हलसम्म आउने बानी पार्छ भन्ने अपेक्षा गर्न सकिन्छ । विदेशी र नयाँ नेपाली चलचित्र नआएसम्म हलमा भीड हुँदैन । फेरि भ्याक्सिन समेत आएर सुरक्षित हुने अवस्था आएपछि मात्र माहोल पुरानो अवस्थामा फर्किन्छ होला ।’

दीपकले सडकमा देखिएको जुलुस, रात्रीकालिन व्यवसायमा देखिएको भीडभाड भन्दा हलमा सुरक्षा धेरै देखिएको बताए । यसैले पनि आफूले दर्शकलाई हल अरु क्षेत्र भन्दा सुरक्षित रहेको भन्न सक्ने उनको तर्क छ ।

दीपकले नयाँ चलचित्र रिलिज गर्ने संभावना तत्काल नभएको बताए । भने–‘अहिले यसरी नै चल्दै जानुपर्छ । घरमा मोबाइलमा चलचित्र हेर्दा हेर्दै ठूलो पर्दा मिस भएको छ भने दर्शक हलसम्म आउन सक्नुहुन्छ । नयाँ चलचित्र रिलिज गरेर जोखिम मोल्न सक्ने अवस्था निर्मातासँग छैन । हल खोल्ने निर्णयलाई तयारीको रुपमा लिनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment