+
+
Shares

बुटवलमा प्रदेशस्तरीय बी लेभल ब्याडमिन्टन प्रतियोगिता हुँदै

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १३ गते १४:५४

१३ पुस,बुटवल । बुटवलमा हुन लागेको प्रदेश स्तरीय बी लेभल ब्याडमिन्टन प्रतियोगिताको तयारी पूरा भएको छ । न्यु लुम्बिनी ब्याडमिन्टन क्लबको आयोजनामा पुस १५ र १६ गते बुटवल–७ शिवनगरमा प्रतियोगिता हुन लागेको हो ।

शिवनगर सामुदायिक वनस्थित खुल्ला कभर्ड हलमा हुने प्रतियोगितामा पुरुष डबलतर्फ ४० तथा भेट्रान्सतर्फ १६ टिम सहभागी हुने क्लबका अध्यक्ष बोनिन पियाले जानकारी दिए । प्रतियोगितामा गत वर्षका विजेता खेलाडीहरु भने सहभागी हुन पाउने छैनन्  ।

प्रतियोगितामा पुरुष डबलतर्फका उपाधि विजेताले ३५ हजार ५ सय ५५ रुपैयाँ, उपविजेताले नगद २५ हजार ५ सय ५५ रुपैयाँ र तेस्रो टिमले १५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।

यसैगरी भेट्रान्सतर्फ उपाधि विजेताले नगद २० हजार ५ सय ५५, उपविजेताले नगद १५ हजार ५ सय ५५ र तेस्रो हुनेले नगद १० हजार ५ सय ५५ रुपैयाँ पाउने छन् । ६ लाख रुपैयाँ खर्च हुने प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदियमान खेलाडी र अनुशासित खेलाडीलाई समेत पुरस्कृत गरिने प्रतियोगिताका संयोजक रोहित पुरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?