Comments Add Comment

चीनले भन्यो : नेपालको राजनीतिक घटनाक्रमबारे जानकार छौं

१३ पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद भंग गर्ने कदमप्रति औपचारिक प्रतिक्रिया दिँदै चीनले नेपालको पछिल्लो राजनीतिक घट्नाक्रमबारे आफू सुसूचित रहेको बताएको छ ।

चिनियाँ विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता झाओ लिजानले भनेका छन्, ‘मित्र र नजिकको छिमेकीको हिसाबले हामी के विश्वास गछौं भने राजनीतिक दलहरुले राष्ट्रिय स्वार्थ र विग पिक्चरलाई ध्यानमा राख्नेछन्, आपसी भिन्नताहरु राम्रोसँग ब्यवस्थापन गर्नेछन् र राजनीतिक स्थिरता र राष्ट्रिय विकासप्रति प्रतिवद्ध हुनेछन् ।’

प्रधानमन्त्री ओलीको संसद भंग र निर्वाचनमा जाने निर्णयप्रति चीनले पहिलोपटक औपचारिक प्रतिक्रिया जनाएको हो । नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे वुझ्न चीनको एक उच्चस्तरीय टोली यतिवेला काठमाडौंमै छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment