+
+
Shares

विरोधसभाका लागि सडकमै बनाइयो मञ्च, सवारी साधन डाइभर्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष १४ गते १०:३३

१४ पुस, काठमाडौं । संसद विघटनको विरोधमा प्रचण्ड-माधव नेपाल समूहले आज देशभर विरोध प्रदर्शन गर्दै छ । काठमाडौं उपत्यकाको विरोध कार्यक्रमलाई प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शनको रुपमा लिइएको छ ।

विरोध सभाका लागि भृकुटीमण्डप अगाडि प्रदर्शनीमार्गमा मञ्च निर्माण गरिएको छ । प्राय व्यस्त हुने यो सडकमै मञ्च निर्माण गरिएपछि पद्मोदय मोड-भृकुटीमण्डप सडकखण्डमा सवारी साधन चलाउन रोक लगाइएको छ । उक्त सडकखण्ड भएर चल्ने गाडीहरुलाई डाइभर्सनको व्यवस्था मिलाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

संसद विघटनको विरोधमा हिजोआज दिनहुँजसो विरोध प्रदर्शन हुँदै आएको छ । विरोध कार्यक्रमका कारण राजधानीका सडकमा सवारी आवागमन प्रभावित हुँदै आएको छ । मुख्य सडकबाट सवारीसाधन डाइभर्ट गर्दा वैकल्पिक सडकहरुमासमेत चाप बढेको छ ।

ट्राफिक प्रहरीका अनुसार अधिकतम जनशक्ति प्रयोग गरेर अहिले सवारी व्यवस्थापनको काम भइरहेको छ । ट्राफिक महाशाखाका अनुसार हाल उपत्यकामा एक हजार ४ सय ७० जना ट्राफिक प्रहरी कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?