Comments Add Comment

खेलकुद गतिविधि निर्बाधरुपमा सुरु गर्न राखेप तयार

१५ पुस, काठमाडौं । कोभिडका कारण रोकिएको खेलकुद गतिविधि छिट फुट बाहेक अझै चल्न सकेको छैन । नेपाली खेलकुदको सर्वोच्च निकाय राष्ट्रिय खेलकुद परिषद राखेपले खेल फर्काउन औपचारिक रुपमा निवेदन नगरे पनि खेलकुद गतिविधि सञ्चालन भइरहेका छन् ।

खेलाडीदेखि खेलसँग आबद्ध पदाधिकारी खेल निर्बाधरुपमा फर्काउन आवाज उठाइरहे छन् । छिटफुटरुपमा अहिले खेलकुद गतिविधि सञ्चलान हुन थालेका छन् ।

फुटबलदेखि क्रिकेटका खेलाडीले पुरानो लयमा फर्किन अभ्यास थाल्दा अन्य व्यक्तिगत विधाका खेलाडीले पनि जुरमुराइसकेका छन् । ब्याडमिन्टनका केही प्रतियोगिता सञ्चालन पनि भइसकेका छन् ।

भर्चुअलरुपमा केही प्रतियोगिता सुरु भए पनि कोभिड अगाडिको लय खेलकुदमा अझै देखिएको छैन ।

खेलकुद गतिविधिलाई निर्बाधरुपमा सुरु गर्न राष्ट्रिय खेलकुद परिषद तयार भएको राखेप उपाध्यक्ष शिव कोइरालाले बताए । फुटबल, क्रिकेटलगायतका संघहरुलाई खेललाई नियमित बनाउन निर्देशन दिइसकेको पनि उपाध्यक्ष कोइरालाले बताए ।

खेलकुद गतिविधि कोरोना महामारीका कारण स्थगित गर्न नहुने भन्दै उपाध्यक्ष कोइरालाले खेलाडी पनि मानसिकरुपमा तयार हुन पर्ने बताए । खेलकुद गतिविधि स्वास्थको हिसाब राम्रो भएको र कोरोना परास्त गर्ने अस्त्रको रुपमा सबैले प्रचार प्रसार गर्नु पर्ने तर्क राखे ।

सामान्य तरिकाले खेलकुद सञ्चालनमा आए पनि सहज तरिकाले अगाडि बढ्न खेलाडीलाई अभ्यासको जरुरी हुन्छ । काठमाडौंमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा दुई स्वर्ण पदक हात पारेका कराँतेका खेलाडी मन्डेकाजी श्रेष्ठले खेलाडीका लागि अभ्यास जरुरी हुने बताए ।

अन्तर्राष्ट्रियस्तरमा सहभागिता जनाउने खेलकुद गतिविधि प्रशिक्षण सुरु भइसेका छन् । तर घरेलु प्रतियोगिता सुरु गर्नेमा भने अझै अन्योल देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment