Comments Add Comment

लोक सेवा आयोगले बुझायो राष्ट्रपतिलाई वार्षिक प्रतिवेदन

१६ पुस, काठमाडौं । लोक सेवा आयोगले बिहीबार आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रपति समक्ष पेस गरेको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा आयोगका अध्यक्ष उमेश प्रसाद मैनालीले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष आर्थिक वर्ष २०७६–७७ को वार्षिक प्रतिवेदन पेस गरेका हुन् ।

आयोगका वर्तमान पदाधिकारीहरूको नियुक्तिपछि राष्ट्रपतिलाई बुझाइएको यो छैटौं तथा अन्तिम प्रतिवेदन हो । आगामी चैत १० गतेदेखि आयोगका सबै पदाधिकारीको पदावधी समाप्त हुँदैछ ।

नेपालको संविधानको धारा २९४ अनुसार आयोगले राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेस गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment