Comments Add Comment

थाइराइड पो भयो कि ?

थाइराईड सामान्यतया एक प्रकारको ग्रन्थी हो, जुन घाटीमापुलती आकारमा हुने गर्छ । यसले थाइराइड हर्मोनको श्राव गर्छ । यदी उक्त हर्मोनले सही तरीकाले काम नगरेको अवस्थामा थाइराईडको समस्या देखा पर्ने गर्छ ।

थाइराईको सबैभन्दा मुख्य लक्षण भनेको थकान हो । यदी कसैलाई विना शारीरीक परिश्रम पनि थकान महसुस हुन्छ भने त्यो थाइराईडिज्मको संकेत हुनसक्छ । विशेषगरी हाइपर थाइराईडिज्ममा हुने अनिद्राका कारण शरीरमा दिनभर थकान महसुस हुने गर्छ ।

शरीरमा थाइराइडिज्म बढेसँगै व्यक्तिमा थकानका साथमा बेचैनी समेत बढ्ने गर्छ ।

विना कुनै परिश्रम यदी कसैको तौल अचानक कम हुनथाल्छ भने त्यस्ता व्यक्तिलाई थाइराइड भएको हुनसक्छ । यदी कसैमा थाइराईड ग्रन्थी अधिक मात्रामा सक्रिय छ भने, उसको तौल अचानक कम हुन थाल्छ ।

विना कुनै शारीरीक परिश्रम यदी कसैलाई घुडा तथा जोर्नीमा पिडा महसुस हुन्छ, त्यो थाइराईडको संकेत हुनसक्छ । यस्ता दुखाईले तपाईको दैनिकीमा समेत असर पार्न सक्छ । यतिसम्मकी सामान्य भारी उठाउदा समेत घुडा तथा मांसपेशीा दुखाई महसुस हुने गर्छ । कसैकसैलाई हात झनझनाउने समस्या हुने गर्छ । सका कारण हातमा सुजन हुनसक्छ ।

घाँटी सुन्निनु थाइराईडको समस्या सजिलै पहिचानमा आउने गर्छ । यसको कारण घाँटीमा पिडा हुने, आवाजमा बद्लाव आउने, स्वर भारी हुने गर्दछ । हुन त घाँटी सुन्निनु थाइराईडमात्र नहुन पनि सक्छ । तर यदी कसैलाई बारम्बार घाटी दुख्न , घाँटी सुन्निने समस्या छ भने तुरुन्तै चिकित्सकसँग परामर्श लिनुपर्छ ।

थाइराईडका कारण कपाल तथा छालामा समस्या उत्पन्न हुने गर्छ । जसका कारण कपाल रुखो हुने, भनmर्ने लगायतका समस्या देखिने गर्छ । त्यस्तै, छालामा पाप्रा जम्ने, छाला सुख्खा हुने लगायतका समस्या देखा पर्ने गर्छ । त्यसबाहेक, छिटो छिटो कपाल बढ्नु तथा शरीरका विभिनन अंगहरुमा कपाल पलाउनु पनि थाइराइडको संकत हुने गर्छ ।

हाइपो वा हाईपर दुवै किसिमका थाइराईडिज्ममा पेट सम्बन्धि समस्या निम्तने गर्छ । विशेषगरी हाइपो थाइराईडिज्म भएका मानिसहरुमा पाचन सम्बन्धि समस्या अधिक मात्रामा हुने गर्छ, जसका कारण उनीहरुमा कव्ज तथा पखालाको समस्या हुने गर्छ ।

हाइपो वा हाईपर दुवै किसिमका थाइराईडिज्ममा महिलाको महिनावारीमा गडबड हुने गर्छ । यसको लक्षण रोगमा भर पर्ने गर्छ । हाइपो थाइराईडिज्म भएका महिलाहरुमा ढिलो ढिलो महिनावारी हुने वा हुदै नहुने लक्षण देखा पर्छ भने हाइपर थाइराईडिज्म हुने महिलामा महिनावारी छिटो छिटो तथा आवश्यक्ता भन्दा बढी हुने गर्छ ।

शरीरमा अधिक मात्रामा बेचैनी भएमा यसले थाइराईड भएको संकेत गर्दछ ।

विशेषगरी जब थाइराइड बढी मात्रामा सक्रिय हुन थाल्छ, त्यतिबेला शरीरले बढी मात्रामा थाइराईडको उत्पादन गर्न थाल्छ । जसका कारण शरीरमा तनाव तथा बैचीन उत्पन्न हुन थाल्छ ।

त्यसबाहेक, अधिक मात्रामा निद्रा लाग्नु वा अनिद्रा पनि थाइराईडको संकेत हुनसक्छ । विशेषगरी , अण्डर एक्टिभ थाइूराईडमा मुड बढद्लिने समस्या अत्याधिकमात्रामा हुने गर्छ । यसबाहेक, जीउ आलश्य हुने, काम गर्न मन नलाग्ने हुने गर्छ ।

अधिक मात्रामा थाइराईको उत्पादनले मानिसको दिमागमा समेत असर पार्ने गर्छ । जसका कारण मानिसको याददास कमजोर हुन थाल्छ । यस अर्थमा यदी कसैलाई अचानक विर्सने रोग लागेको छ भने त्यो थाइराईको संकेत हुनसक्छ ।

हाइपोथाइराइडिज्मको असर व्यक्तिको यौन इचछामा समेत हुने गर्छ । यौन सम्बन्धप्रति उसको रुची कम हुुँदै जानु हाइपर थाइराईडिज्मको अर्को लक्षण वा संकेत हुनसक्छ । यसमा थकान महसुस हुन, शरीर तथा मांसपेशीमा पिडा महसुस हुन, बेचैनी हुनु पनि कारक तत्व हुनसक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment