Comments Add Comment

बुटवलमा कोरोना संक्रमित महिलाको मृत्यु

१७ पुस, काठमाडौं । रुपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

लुम्बिनी प्रादेशिक अस्पतालद्वारा सञ्चालित कोरोना विशेष अस्थायी अस्पतालमा बुटवल उपमहानगरपालिका–८ की ४२ वर्षीया महिलाको शुक्रबार बिहान ११ः४५ बजे मृत्यु भएको हो ।

अस्पतालका अनुसार उनीमा ५ पुसमा कोरोना संक्रमण पुष्टि भएको थियो । ज्वरोका साथै स्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई १० पुसमा अस्पताल भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment