Comments Add Comment

सम्झौता नवीकरणको काम छिटै सम्पन्न होस् : जिदान

१८ पुस, काठमाडौं । स्पानिस क्लब रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो टिमका खेलाडीहरुको सम्झौता नवीकरण चाँडै हुने आशा राखेका छन् । ला लिगामा शनिवार हुने सेल्टाभिगोविरुद्धको खेलअघि मिडियासँग बोल्दै जिदानले सम्झौताको अवस्थालाई चाँडै मिलाउन आग्रह गरेका हुन्

समरमा सम्झौताको म्याद सकिने खेलाडीहरु अन्य क्लबसँग कुराकानी गर्न स्वतन्त्र हुनेछन् । त्यसैले जिदानले सम्झौताको नवीकरण चाँडै होस् भन्ने चाहेका छन् । ‘हामी यो काम छिटो सम्पन्न होस् भन्ने चाहन्छौँ,’ लुका मोडरिच, लुका भाजक्वज र सर्जियो रामोसको बारेमा सोध्दा जिदानले भने, ‘यो सबैको भलाइको लागि हो । परिस्थितिहरु छिट्टै मिलाइयोस् ।’

यद्यपि जिदानले डेभिड अलावा वा रियल मड्रिडले अनुबन्ध गर्न सक्ने अन्य खेलाडीको बारेमा कुरा गर्न चाहेनन् । ‘हामीसँग अहिल्यै ठूलो टोली छ । हामी भोलिको खेलको बारेमा सोचिरहेका छौँ,’ उनले भने, ‘हामी भोलि राम्रो टिमको सामाना गर्दैछौँ र उनीहरुले राम्रो खेलिरहेका छन् । उनीहरूसँग इगो एस्पसको रूपमा फरक निर्माता छन्, जो उत्कृष्ट छन् ।’

एट्लेटिको मड्रिड र रियलमध्ये उपाधि जित्न को दाबेदार भन्ने प्रश्नमा जिदान अस्पष्ट थिए । ‘उनीहरु पहिलो स्थानमा छन् र अग्रता लिइरहेको छ । तर कुरा त्यही हो,’ उनले भने, ‘मलाई लाग्दैन कि यो हामी र उनीहरुबीचको उपाधि रेस हो । यो एक खुल्ला दौड हो ।’

जिदानले वर्ष २०२१ एडेन हाजार्डको वर्ष हुने आशा समेत राखेका छन् । ‘उनीप्रति हामी विश्वस्त छौँ,’ जिदानले भने, ‘उनीसँग कठिन समय थियो तर हामी विश्वस्त छौं कि उनले हामीलाई सहयोग गर्न सक्नेछन् । उनले के गर्न सक्छन् भनेर उनी यहाँ देखाउन आएका हुन् । हामी अलि-अलि गर्दै उसलाई हामीसँगै फेरि भेट्ने छौं ।’

अन्तमा, जिदानले आफ्नो भविष्यको बारेमा समेत छलफल गरे । उनले भने, ‘यो यस्तो जागिर हो जसले तपाईंलाई काम लगाउँछ तर मलाई यो काम मन पर्छ र रमाइलो गरिरहेको छु । मलाई थाहा छैन भविष्यमा के हुन्छ, तर म प्रत्येक क्षणमा रमाइलो गर्छु ।’

जिदानले यो वर्ष इन्जुरी नहोस् भन्ने आशा गरेका छन् । ‘वर्षको लागि मेरो इच्छा ? कुनै चोट नहोस्, हामीले उपाधि जित्ने कोशिस गर्ने र दुःख भोगिरहेकाहरुका लागि राम्रो समय होस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment