
१८ पुस, जनकपुरधाम । शहरी विकासमन्त्री प्रभु साह सवार गाडीको ठक्करबाट सर्लाहीमा एक जना घाइते बनाएको छ ।
पूर्व-पश्चिम राजमार्गको हरिवनमा मन्त्री साह सवार ना १ झ ३८४२ गाडीले दिँदा लालबन्दी नगरपालिका वडा नम्बर-८ चन्द्रपुर घर भएका ३५ बर्षीय बच्चु तामाङ घाइते भएका हुन् ।
उनको कम्मर र खुट्टामा चोट लागेको छ । र स्थानीय स्वाभिमान अस्पतालमा उपचार भइरहेको सर्लाहीका प्रहरी प्रबक्ता मदन कुँवरले जानकारी दिए ।
तामाङलाई मन्त्री साहको गाडीले ठक्कर दिएको एक प्रहरी अधिकारीले बताए । उनले भने, ‘ठक्कर दिएर भागेको गाडी मन्त्रीज्यूकै रहेको खुल्यो ।’
यसैबीच मन्त्री साहले रौतहटबाट महोत्तरी जाने क्रममा हरिवन चौकमा आफू चढेको गाडीबाट झुक्किएर लडेको र उनलाई केही नभएकाले आफू अगाडि बढेको दाबी गरेका छन् ।
तर ठक्कर दिएर भागेको भन्दै अतिरञ्जित प्रचार भएको र प्रहरीले पनि अफवाह फैलाएको उनको आरोप छ । उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो यात्राबारे सम्पूर्ण जानकारी हुँदाहुँदै पनि नेपाल प्रहरीले मन्त्री प्रभु साहको गाडी “खुलेको” भन्ने भ्रमपूर्ण वक्तव्य दिन गैरजिम्मेवार रूपमा प्रस्तुत भएको दु:खद विषयप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ ।’
प्रतिक्रिया 4