
१८ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा ४१९ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार नमुना परीक्षण गर्दा १७४ महिला र २४५ पुरुषमा संक्रमण पुष्टि भएको छ ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ । उनीहरुमध्ये २ लाख ५३ हजार ८५७ जना संक्रमणमुक्त भएका छन् भने १८७० जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल ५ हजार ७११ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये २२३४० जना होम आइसोलेसनमा छन् भने २१८ जनाको आईसीयू र ३६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4