Comments Add Comment

भारतमा दुई कोरोना खोपलाई आपतकालीन प्रयोगको अनुमति

१९ पुस, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) विरुद्धका दुई खोपले आपतकालीन प्रयोगको अनुमति पाएका छन् । भारतको ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डिया (डीसीजीआई)ले शनिबार अक्सफोर्ड युनिभर्सिटीले एस्ट्राजेनेकासँग मिलेर बनाएको कोरोना खोप र भारत बायोटेकले विकास गरेको कोभ्याक्सिन कोरोना खोपलाई आपतकालीन प्रयोगको लागि अनुमति दिने निर्णय गरेको हो ।

डीसीजीआईले दिएको जानकारीअनुसार भारत बायोटेकले विकास गरेको कोरोना खोप ७० दशमलव ४२ प्रतिशत प्रभावकारी देखिएको छ । यो खोप भारत बायोटेकले इन्डियन काउन्सिल अफ मेडिकल रिसर्चको सहयोगमा विकास गरेको हो ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डीसीजीआईको यो महत्वपूर्ण फैसलाबारे प्रतिक्रिया दिँदै सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘डीसीजीआईले सेरम इन्स्टिच्युट अफ इन्डिया र भारत बायोटेक खोपलाई अनुमति दिएको छ । यसको सहयोगमा मुलुक कोरोना मुक्त बन्नमा सहयोग पुग्नेछ । बधाई भारत ।’

यसअघि भारतका खोप विज्ञहरुले शुक्रबार सेरमले उत्पादन गरिरहेको अक्सफोर्ड युनिभर्सिटीको खोप र शनिबार भारत बायोटेकको खोपलाई सशर्त आपतकालीन प्रयोगको लागि अनुमति दिन सिफारिस गरेका थिए ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो कोरोना नियन्त्रणको लागि महत्वपूर्ण मोड भएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment