+

पीएम कप महिला क्रिकेटमा प्रदेश १ कि संगीता राई उत्कृष्ट खेलाडी

२०७७ पुष  १९ गते १९:२३ २०७७ पुष १९ गते १९:२३
पीएम कप महिला क्रिकेटमा प्रदेश १ कि संगीता राई उत्कृष्ट खेलाडी

१९ पुस, काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेट प्रतियोगितामा विजेता टीम प्रदेश १ कि खेलाडी संगीता राई उत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

प्रदेश १ लाई पहिलो पटक प्रधानमन्त्री कपको उपाधि दिलाउन बलिङमा उत्कृष्ट प्रदर्शन गरेकी संगीता प्लेअर अफ दि टुर्नामेन्ट घोषित भइन् । संगीताले नगद २१ हजार प्राप्त गरिन् । संगीताले ५ खेलमा ११ विकेट लिएकी थिइन् । उनी सर्वाधिक विकेट लिनेमा एपीएफकी करुणा पछि दोस्रो स्थानमा रहिन् ।

आइतबार दाङको लहमीमा भएको फाइनल खेलमा प्रदेश १ ले साविक विजेता एपीएफलाई ६ रनले पराजित गर्दै उपाधि जितेको हो । फाइनल खेलको प्लेअर अफ दि म्याच प्रदेश १ कि कप्तान रुविना क्षेत्री घोषित भइन् । रुविनाले फाइनलमा १८ रन बनाउनुका साथै उपीएफको सुरुवाती २ विकेट लिएकी थिइन् ।

यस्तै प्रतियोगिताको उत्कृष्ट ब्याटर एपीएफकै ज्योति पाण्डे र उत्कृष्ट बलर एपीएफकै करुणा भण्डारी घोषित भइन् । ज्योति र करुणाले समान १० हजार रुपैयाँ प्राप्त गरे । ज्योतिले ५ खेलमा ब्याटिङ गर्दै सर्वाधिक १५१ रन बनाएकी थिइन् । यस्तै करुणाले ५ खेलबाट सर्वाधिक १३ विकेट लिइन् ।

च्याम्पियन प्रदेश १ ले नगद ५ लाख रुपैयाँ र ट्रफी जित्दा उपविजेता एपीएफले ३ लाख रुपैयाँ प्राप्त गर्‍यो । सेमिफाइनलबाट बाहिरिएका सुदूरपश्चिम र लुम्बिनी प्रदेशले समान २५ हजार रुपैयाँ पाए ।

क्रिकेट प्रधानमन्त्री कप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय