Comments Add Comment

सोती घटनाका दोषीलाई कारबाही गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री

फाइल तस्वीर

२० पुस, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले रुकुम पश्चिमको सोतीमा छ जनाको हत्या हुने गरी भएको घटनाका दोषीलाई हदैसम्मको कारबाही गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

प्रधानमन्त्री निवास बलुवाटारमा आइतबार अपराह्न भएको पीडितसँगको भेटमा प्रधानमन्त्रीले देषीलाई कारबाही गर्ने कुरामा सरकारले कसैसँग मोलाइजा नगर्ने बताएका हुन् । कीर्तिपुर आन्दोलनले संयोजन गरेको प्रधानमन्त्रीको उक्त भेटमा मृतक छ जनाकै अभिभावक उपस्थित थिए ।

गत १० जेठमा अन्तरजातीय बिहेको नाउँमा भएको उक्त घटनामा नवराज विक र उनका पाँच जना साथीको हत्या भएको थियो । उक्त मुद्दा अदालतमा विचाराधीन रहेको छ । हत्यामा संलग्न पक्राउ परेका ३४ जनामध्ये ६ जनालाई अदालतले थुनामुक्त गरेको छ । अन्य छ जनालाई छोड्ने विषयमा उच्च अदालत सुर्खेतमा मत बाझिएपछि सर्वोच्चसम्म आइपुगेको छ ।

प्रधानमन्त्रीसँगको भेटमा मृतक नवराज विकका बुबा-आमा मुनलाल र उर्मिला, लोकेन्द्र सुनारकी आमा लक्ष्मी, टिकाराम नेपालीका बुबा सोभे, गणेश बुढाका बुबा पदमबहादर, गोविन्द शाहीकी आमा भीमकुमारी र सञ्जु विककी आमा सविता उपस्थिति भएको कीर्तिपुर आन्दोलनका रामलाल विश्वकर्माले बताए । मृतकका अविभावक गत बिहीबार साँझ काठमाडौं आइपुगेका हुन् ।

‘घटना दुःखदायी हो । तर, घटना र पीडा मेटाउन सकिँदैन,’ भेटमा प्रधानमन्त्री ओलीले भने, ‘तर, पीडितका आफन्तलाई राहत दिने र घाइतेहरुको उपचार र देषीलाई हदैसम्मको दण्ड गर्ने कुरामा सरकार प्रतिबद्ध छ ।’ मृतकका अविभावकलाई प्रधानमन्त्री ओलीले न्याय पाउनेमा विश्वस्त पारेको रामलालले जानकारी दिए ।

भेटमा मृतकको अभिभावकले अहिलेसम्म अदालतले घाइतेहरुको वयान नलिएकोभन्दै प्रधानमन्त्रीसमक्ष दुखेसो पाखेका थिए । प्रधानमन्त्रीले न्याय दिलाउनको लागि अहिलेको सरकार कुनै शक्तिसँग सम्झौता नगर्ने पनि उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment