२० पुस, कैलाली । उद्योगमन्त्री एवं ओली समूहका नेता लेखराज भट्टले सुदूरपश्चिमका प्रदेशसभा सदस्यहरुलाई प्रचण्ड–माधव समूहले धम्की दिन थालेको दाबी गरेका छन् ।
धनगढीमा सोमबार आयोजना गरिएको पत्रकार सम्मेलनमा भट्टले आफ्नो पक्षमा धेरै सांसद देखाउन प्रचण्ड–माधव समूहले ब्ल्याकमेलिङ गर्न थालेको दाबी गरेका हुन् । केही दिनअघि संसदीय दलको बैठकमा प्रचण्ड–माधव समूहका ३० सांसद सहभागी भएको तर्फ संकेत गर्दै उनले भने, ‘ब्ल्याकमेलिङ गरेर बनाएको ३० जनालाई मान्दिन मैले,’ उनले भने, ‘त्यहाँभित्र धम्की गएको छ ।’
ओली पक्षमा गए समानुपातिक सांसदको पद खोस्ने र मन्त्रीबाट हटाउने धम्की दिएको उनको दाबी छ ।
सरकारले तोकेको समयमा नै निर्वाचन हुने उनको दाबी छ । सोमबार धनगढी पुगेका मन्त्री भट्टले चुनावको प्रारम्भिक प्रचारका लागि आफू कैलाली आएको समेत बताए ।
‘चुनाव स्पष्ट रूपमा वैशाखमै हुन्छ, यसमा कुनै दुविधा छैन,’ उनले भने, ‘चुनावको प्रारम्भिक प्रचारका लागि हामी आएका हौं ।’
औपचारिक रूपले पार्टी विभाजन हुनु पहिले नै मन्त्री भट्टले केन्द्रमा पार्टी फुटिसकेको बताए ।
‘पार्टी माथिबाटै फुटेकै हो, तर कार्यकर्ताहरूले यसलाई रुचाएका छैनन्,’ उनले भने, ‘सम्पूर्ण कार्यकर्ताहरूहरु संस्थापन पक्षमै छन् ।’
                    
                
                
                
                
                
        
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                                
                                            
                                            
                                            
                                            
                                            
                                            
                
                
                
                
                
                
                
    
    
    
    
    
                
प्रतिक्रिया 4