Comments Add Comment

उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा शर्मा र श्रेष्ठको उम्मेदवारी

२१ पुस, बुटवल । नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्षमा दुई जनाको उम्मेदवारी परेको छ ।

तीन वर्षे कार्यकालका लागि अध्यक्ष पदमा बुटवल उद्योग वाणिज्य संघका तर्फबाट सुरेन्द्रप्रसाद श्रेष्ठ र सिद्धार्थनगर उद्योग वाणिज्य संघ भैरहवाका तर्फबाट कृष्णप्रसाद शर्माको उम्मेदवारी परेको हो । महासंघको प्रदेश अधिवेशन पुस २५ गते बुटवलमा हुँदैछ ।

अध्यक्षका उम्मेदवार शर्मा २०६७ सालदेखि महासंघका केन्द्रीय सदस्य हुन् भने श्रेष्ठ निवर्तमान केन्द्रीय सदस्य हुन् । शर्मा २०६४-६६ मा महासंघको तत्कालीन लुम्बिनी अञ्चल प्रतिनिधिसमेत थिए ।

लुम्बिनी प्रदेशमा ३० वटा जिल्ला-नगर उद्योग वाणिज्य संघ र एशोसियटतर्फ ११२ मत छ । महासंघको विधान अनुसार जिल्ला-नगरतर्फ ५० प्रतिशत र एशोसियटतर्फ ३० प्रतिशत मतभार छ ।

अध्यक्षका उम्मेदवार श्रेष्ठले जिल्ला नगर संघको संस्थागत विकास, प्रदेशको आर्थिक र सामाजिक विकासका लागि नीजि क्षेत्रको भूमिका प्रभावकारी बनाउने र व्यवसायीमैत्री वातावरण निर्माणमा पहल गर्ने आफ्नो एजेण्डा रहेको बताए ।

अर्का उम्मेदवार शर्माले प्रदेशको आर्थिक, औद्योगिक,पर्यटकीय र कृषि क्षेत्रको विकासमा उद्योग वाणिज्य महासंघ प्रदेश समितिको भूमिका र सरकारसँगको सहकार्य बलियो बनाउने, महासंघको प्रदेश सचिवालयलाई सुदृढ बनाउने, खुला सीमाबाट हुने अवैध आयात र चोरी तस्करी नियन्त्रणमा सरकारलाई सघाउने, विशेष आर्थिक क्षेत्र (सेज), औद्योगिक क्षेत्र, सुख्खा बन्दरगाहको प्रभावकारी कार्यान्वयनमा जोड दिनु आफ्नो एजेण्डा भएको बताए ।

कोषाध्यक्ष पदमा देवदह उद्योग वाणिज्य संघबाट गोपाल ढकाल र देउखुरी उद्योग वाणिज्य संघबाट रत्नप्रसाद श्रेष्ठको उम्मेदवारी परेको छ । जिल्ला नगरको तर्फबाट ५ कार्यकारिणी सदस्य पदमा ज्ञानुराम न्यौपाने (प्युठान), टेकबहादुर शाह (बर्दिया), भोजेन्द्रप्रकाश ढकाल (रामपुर-पाल्पा), भिमबहादुर श्रेष्ठ (पाल्पा उवासंघ तानसेन), रामसिंह थारु (बासगढी-बर्दिया) र नरेन्द्रप्रसाद शर्मा (कोहलपुर बाँके) को उम्मेदवारी परेको प्रमुख निर्वाचन आयुक्त बाबुराम पाण्डेले जानकारी गराए ।

जिल्ला नगर र एशोसिएट उपाध्यक्ष निर्विरोध

महासंघको जिल्ला नगर उपाध्यक्षमा रोल्पा उद्योग वाणिज्य संघबाट बालकृष्ण सुवेदी र एशोसियट उपाध्यक्षमा रोहिणी इन्भेष्टमेन्ट प्रालि रुपन्देहीका दीपककुमार पौडेल निर्विरोध निर्वाचित भएका छन् ।

यस्तै एशोसियटबाट दुई कार्यकारिणी सदस्य पनि निर्विरोध निर्वाचित भएका छन् । स्वर्गद्वारी मल्टिप्रपोज प्रालि सुनवलका गोपालप्रसाद भट्टराई र गोयन्का स्टिल प्रालि रुपन्देहीका अमितकुमार गोयन्का निर्विरोध निर्वाचित भएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment