Comments Add Comment

पार्टी फुटाउन पाइँदैन भन्दै जनकपुरधाममा ओली पक्षको प्रदर्शन

२१ पुस, जनकपुरधाम । पार्टी फुटाउन पाइँदैन भन्दै केपी शर्मा ओली पक्षीय नेकपाका नेता,कार्यकर्ताले मंगलबार जनकपुरधाममा प्रदर्शन गरेका छन् ।

रेल्बे स्टेशनबाट निकालिएको र्‍याली भानु चोक, शिब चोक, जनक चोक हुँदै पार्टी कार्यालय पुगेको छ । प्रदर्शनका क्रममा उनीहरुले ‘पार्टी एकता जिन्दावाद, पार्टी फोड्न पाइँदैन, केपी ओली जिन्दावाद, संसद बिघटन बाध्यकारी हो, आज होइन भालिलाई, १० बर्ष ओलीलाई’ जस्ता नारा लगााएका छन् ।

प्रदर्शनमा सहभागी गराउन धनुषाको गाउँ–गाउँबाट ओली समर्थकलाई ट्याक्टर, बसलगायतमा ओसारिएको छ ।

र्‍याली सकिएपछि पार्टी कार्यालयमा कार्यकर्ता भेलाको आयोजना गरिनेछ । भेलालाई सम्बोधन गर्न नेकपा नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेल, शहरी विकासमन्त्री प्रभु साह, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री जुली महासेठसहितका नेताहरु जनकपुरधाम आइपुगेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment