Comments Add Comment

मोटरसाइकल चोरीको आरोपमा दुईजना पक्राउ

२३ पुस, काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाडौंले चोरीको मोटरसाइकलसहित दुई जनालाई  नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा धादिङको निलकण्ठ नगरपालिका – ९ मुरली भन्ज्याङ्गका २६ वर्षीय राजन मगर र थाक्रे गाउँपालिका-१ देवीस्थानका २१ वर्षीय राजन तामाङ रहेका छन् ।

पीडित सहायता इकाईबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले सोह्रखुट्टेस्थित सडकखण्डबाट बा ९२ प ७६३० नम्बरको २२० सीसीको पल्सर मोटरसाइकलसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

अनुसन्धानको क्रममा उक्त मोटरसाइकलको वास्तविक नम्बर प्रदेश ३-०२-०१२ प ९८३५ खुल्न आएको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले जानकारी दिए ।

पर्साको  ठोरी गाउँपालिकाका पूर्ण बहादुर थापाले उक्त नम्बरको मोटरसाइकल काठमाण्डौं सोह्रखुट्टेस्थित सडक खण्डबाट हराएको भन्दै खोज तलासका लागि ट्राफिक महाशाखामा उजुरी दिएका थिए ।

पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त, लैनचौर पठाइएको महाशाखाका प्रवक्ता एसपी श्यामकृष्ण अधिकारीले जानकारी दिइ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment