Comments Add Comment

बेलायतबाट फर्किएका संक्रमितको नमुना हङकङ पठाइँदै

२३ पुस, काठमाडौं । बेलायतबाट फर्किएका ५ नागरिकको कोरोना भाइरस संक्रमणको जिन सिक्वेन्सिङ गर्न हङकङस्थित विश्व स्वास्थ्य संगठनको प्रयोगशालामा नमुना पठाउने तयारी भएको छ । टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका अनुसार सोमबारसम्ममा हङकङ पुग्ने गरी नमुना पठाउन लागिएको हो ।

गत पुस १४ गते बेलायतबाट फर्किएका ५ नागरिकमा संक्रमण पुष्टि भएपछि नेपालमा पनि कोरोना भाइरसको नयाँ लहर प्रवेश गरेको आशंका गरिएको थियो । तर, जिन सिक्वेन्सिङ नगरी भाइरसको स्वरुप थाहा नपाइने भएकाले अन्योल थियो ।

‘सोमबारसम्ममा हङकङको ल्याबमा नमुना पुग्छ’ प्रयोगशालाकी निर्देशक रुना झाले भनिन्, ‘रिपोर्ट आउन एक दुई दिन लाग्न सक्छ ।’

हङकङमा ३ जनाको नमुना पठाउन लागिएको उनले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment