Comments Add Comment

अमेरिकाको हिंसात्मक प्रदर्शनमा घाइते प्रहरीको मृत्यु

२४ पुस, काठमाडौं । बुधबार अमेरिकाको संसद् भवन क्यापिटल हिलमा भएको ट्रम्प समर्थकहरुको हिंसात्मक प्रदर्शनको क्रममा घाइते भएका प्रहरी अधिकारीको मृत्यु भएको छ । यससँगै उक्त हिंसामा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

बुधबार राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडनको जितलाई अनुमोदन गर्न कंग्रेसको बैठक बसिरहेको बेला ट्रम्पका समर्थकहरुले क्यापिटल बिल्डिङमा आक्रमण गरेका थिए ।

ट्रम्पका समर्थकहरुले आक्रमण गरेसँगै प्रहरीले उनीहरुलाई रोक्ने प्रयास गरेको थियो । सोही क्रममा घाइते भएका प्रहरी अधिकारी ब्रायन डी स्टिकनिकको बिहीबार मृत्यु भएको हो ।

बुधबार प्रदर्शनकारीहरुलाई रोक्ने क्रममा उनलाई गहिरो चोट लागेको प्रहरीले बताएको छ । उनको मृत्युको विषयमा अहिले अनुसन्धान भइरहेको प्रहरीले उल्लेख गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment