२४ पुस, काठङ्गाडौं । धादिङमा विद्युतको पोलमा ट्रक ठोक्किँद सहचालकको मृत्यु भएको छ भने चालक घाइते भएका छन् ।
थाक्रे गाउँपालिका-१ खैयरघारीस्थित सडकमा ना.७ ख ९१३९ नम्बरको ट्रक आफैँ अनियन्त्रित भई सडक छेउको विद्युतको पोलमा ठोक्किँदा सहचालक चितवनको भरतपुर महानगरपालिका-२९ जुगेडीका २१ वर्षीय सुनिल गुरुङको मृत्यु भएको हो ।
शुक्रबार भएको दुर्घटनामा परी गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल सिम्ले हुँदै ग्रिन सिटी अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा घाइते भएका चालक चितवन भरतपुर महानगरपालिका-२७ बस्ने ३४ वर्षीय यम बहादुर तामाङको ग्रिन सिटी अस्पताल काठमाडौंमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4