
२४ पुस, काठमाडौ । कालिमाटी फलफूल तथा तरकारी बजारमा पनि नगद रहित (क्यूआर कोड) विद्युतीय भुक्तानीको सुरुवात भएको छ । यस अघि नक्सालको तरकारी बजारमा पनि शुरु भएको थियो । शुक्रबार नेपाल राष्ट्रबैंकका गभर्नर महाप्रसाद अधिकारीले सय रुपैयाँको काउली र ३ सय रुपैयाँको खरिद गरेर क्यूआर पेमेन्टको शुरुवात गरे ।
प्रभु बैंकको सक्रियतामा क्यूआर पेमेन्टको कालीमाटीमा शुरुवात भएको हो । गभर्नर अधिकारीले उद्घाटन गर्दै अब गाउँ गाउँमा अनलाइन भुक्तानी पुग्ने बताए । उनले सुरक्षित कारोबारका लागि पनि अनलाइन कारोबार भुक्तानी सबैले रोज्नु पर्ने बताए ।
‘विद्युतीय कारोबार सुरक्षित र बढ्दो हुनाले यसले वित्तीय सुशासन कायम राख्न मद्दत गर्दछ’ उनले भने’ सोही कारण राष्ट्रबैंकले नगद रहित अर्थतन्त्रको परिकल्पना गरी सोहीअनुसारको कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।’
नक्साल तरकारी बजार र कालिमाटी तरकारी बजारमा नगद सहित कारोबार क्युआर कोडको सुरुवात गरिएको र वर्षभरी देशव्यापी रुपमा क्युआर कोड सेवा सञ्चालनमा ल्याउने बताए ।
प्रतिक्रिया 4