+
+
Shares

ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउँछ : ईश्वर पोखरेल

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २४ गते १७:४४
फाइल तस्वीर

२४ पुस, काठमाडौं ।  नेकपा ओली समूहका नेता एवं उपप्रधानमन्त्री इश्वर पोखरेलले केपी ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दाबी गरेका छन्

शुक्रबार काठमाडौंमा आयोजित नेकपा ओली समूहको काठमाडौं जिल्ला कमिटीद्धारा आयोजित जनप्रतिनिधि भेलामा बोल्दै नेता पोखरेलले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको समूह नै आधिकारीक नेकपा भएको दाबी गरेका हुन् ।

सूर्य चिन्ह कसको हुन्छ भन्ने कुरामा द्विविधामा नपर्न समेत उनले सहभागीहरुसँग आग्रह गरे । आधिकारीक नेकपा जसको हुन्छ उसैको सूर्य चिन्ह हुने भएकाले सूर्च चिन्ह आफूहरुको नै हुने उनको भनाइ थियो । यदि कानुनी रुपमा अल्झो टुङ्गिन बाँकी भएपनि अन्त्यमा ओली समूहले नै पार्टीको नाम र सूर्य चिन्ह पाउने उनले बताए ।

स्थानीय जनप्रतिनिधिहरुलाई सूर्य चिन्ह जता जान्छ त्यतै जाने मनस्थिति नबनाउन पनि उनले आग्रह गरे । सूर्य चिन्ह नपाएपनि अहिलेको पद नजाने भन्दै विभाजित हुने मनस्थिति बनाउन नहुने उनको भनाइ थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?