Comments Add Comment

कोहलपुर ओपन क्रिकेटमा केसीए र बीबी वारियर्स फाइनलमा

२४ पुस, कोहलपुर । आयोजक कोहलपुर क्रिकेट एकेडेमी (केसिए) र बीबी वारियर्स शारदा एजुकेसन पार्कको आयोजनामा बाँकेको कोहलपुरमा जारी कोहलपुर ओपन क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेका छन् । प्रतियोगिताको फाइनल खेल शनिबार दिउँसो ११ बजे सुरु हुनेछ ।

प्रतियोगिताअन्तर्गत शुक्रबार सम्पन्न सेमिफाइनलमा कोहलपुर क्रिकेट एकेडेमीले न्यु दर्पण युथ क्लब तथा बीबी वारियर्सले बीबीसीसी कीर्तिपुरलाई पराजित गरेको हो ।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न पहिलो सेमिफाइनलमा आयोजक कोहलपुर क्रिकेट एकेडेमीले न्यु दर्पण युथ क्लबलाई ४ विकेटले पराजित गर्यो । न्यु दर्पणले दिएको ६३ रनको लक्ष्य कोहलपुरले ९.२ ओभरमा ६ विकेट क्षेतिमा पूरा गर्यो ।

कोहलपुरको लागि विनायक गिरीले सर्वाधिक १७ रन, अजय शहानीले १३ रन, सन्दिप नेपालीले १२ रन तथा रमेश सिंहले १० रन बनाए । न्यु दर्पणका बलर सिमोन थापा र दिपक राना मगरले समान २ विकेट तथा करन भण्डारी र मोहन थापाले समान १ विकेट लिए।

यसअघि टस जितेर ब्याटिङ गरेको न्यु दर्पणले १३.५ ओभरमा सबै विकेट गुमाएर ६२ रन बनाएको थियो । उसको लागि गजेन्द्र ओलीले सर्वाधिक २० तथा दिप राना मगरले १२ रन बनाए । कोहलपुर क्रिकट एकेडेमीका बलर रोशन सिंह, लभकुश यादव, रुपेश कुर्मी र रमेश सिंहले समान २ विकेट तथा अजय शहानिले १ विकेट लिए । खेलको प्लेयर अफ द म्याच रुपेश कुर्मी चुनिए ।

दोश्रो सेमीफाइनलमा बीबी वारियर्सले बीबीसीसी कीर्तिपुरलाई ३१ रनले पराजित गर्यो । बीबी वारियर्सले दिएको १२७ रनको लक्ष्य पछ्याउने क्रममा बीबीसीसी कीर्तिपुरले १५ ओभरमा ८ विकेट गुमाएर ९५ रन मात्र बनाउन सक्यो । बीबी वारियर्सका बलर आकाश विष्टले सर्वाधिक ३ विकेट लिए भने सिद्धान्त राज शाही र विशाल पौडेलले समान २ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बीबी वारियर्सले निर्धारित १५ ओभरमा ४ विकेट गुमाएर १२६ रन बानएको थियो । उसको लागि विजय चौधरीले अर्धशतक बनाउने क्रममा ४१ बलमा ४ चौका र २ छक्का प्रहार गर्दै ५२ रन बनाए । शाहिद अन्सारीले २६, अनुपम सिंह र प्रनित थापाले समान १६ रन तथा अमर सिंह रौटेलाले १० रन बनाए । बीबीसीसी कीर्तिपुरका बलर सौरभ बमले २ विकेट तथा प्रकाश चन्द ठकुरी र निरज सिंह धामीले समान १ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment