Comments Add Comment

हवाई उडानका दौरान पाइलट र चालक दलका सदस्यलाई फोटो–भिडियो खिच्न प्रतिबन्ध

२५ पुस, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडानका दौरान पाइलट र क्याबिन क्रू सदस्यलाई फोटो, भिडियो खिच्न प्रतिबन्ध लगाएको छ ।

पछिल्लो समय पाइलट तथा क्याविन क्रू सदस्यले उडानका दौरान खिचेका भिडियो व्यक्तिगत युट्युब च्यानलमा राख्ने गरेका थिए । अर्कोतर्फ क्याबिन क्रू सदस्यहरुले टिकटकमा समेत अनेक भिडियो बनाएर हाल्ने गरेका छन् । यसले उडान सुरक्षामा असर पुग्ने भन्दै प्राधिकरणले हवाई उडानका दौरान फोटो भिडियो खिच्न रोक लगाउने निर्णय गरेको हो ।

प्राधिकरणका अनुसार यस्तो रोक यात्रुको हकमा भने लागु हुने छैन ।

इनफ्लाइट पाइलट र उडान दलका सदस्य, प्राधिकरण तथा नेपाल सरकारले रोक लगाएको क्षेत्रमा बाहेक यात्रुले हवाई उडानमा फोटो तथा भिडियो खिच्न सक्नेछन् । तर, पाइलट तथा उडान दलका सदस्यले यस्तो गरेमा भने प्राधिकरणको निर्देशन उल्लंघन भएको मानिने भएको छ ।

प्राधिकरणको उडान संचालन मापदण्ड अनुसार चालक र चालक दलका कुनै पनि सदस्यले यन्त्र–उपकरणबाट फोटो र भिडियो खिच्न पाउने छैनन् । यदि भिडियो र फोटो खिच्नै पर्ने अवस्था भएमा प्राधिकरणका महानिर्देशकको अनुमति लिनुपर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment