
२५ पुस, काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३६२ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ४२८६ नमुना परीक्षण गर्दा १५९ महिला र २०३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ६४ हजार ५२१ पुगेको छ । उनीहरुमध्ये २ लाख ५७ हजार ९२८ जना संक्रमणमुक्त भएका छन् भने १९१२ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
देशभर ४६८१ संक्रिय संक्रमित छन् । उनीहरुमध्ये १३८९ जना होम आइसोलेसनमा छन् भने १८६ जनाको आईसीयू र ३८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4