
२५ पुस, बुटवल । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुरले संसद विघटन असंवैधानिक भएको बताएका छन् ।
संसद विघटनको विरोधमा पार्टीले शनिबार भैरहवामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै ठाकुरले पाँचवर्षका लागि निर्वाचित संसद विघटन गर्नु असंवैधानिक भएको बताए । साथै उनले अपूर्ण संविधान जारी गरेकोले अहिले समस्या देखिएको धारणा राखे ।
पार्टीका केन्द्रीय कार्यकारिणी महेन्द्र राय यादवले संविधान अपुरो भएकाले यसलाई सर्वस्वीकार्य बनाउनुपर्ने बताए । जसपा निर्वाचनबाट नभाग्ने तर अहिले निर्वाचनको समय नभएको भन्दै उनले राजनीतिक स्थिरताका लागि संसद पुनस्र्थापना हुनुपर्ने बताए ।
जसपाका केन्द्रीय कार्यकारिणी सदस्य सर्वेन्द्रनाथ शुक्लाले दलभित्रको आन्तरिक लडाइका कारण प्रधानमन्त्री केपी ओलीले संसद विघटन गराएर देशलाई दुर्घटनामा धकेलेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4