२६ पुस, लण्डन । करिब डेढ दशकदेखि बेलायतको लण्डनमा बस्दै आएका गायक बद्री केसी मृत भेटिएका छन् । शुक्रबार उपराह्न ४ बजे आफ्नो फेसबुकमा आफ्ना साथी, परिवार र संसारलाई गुडबाई लेखेका केसी आफ्नो कार्यस्थलको हातामा रहेको रुखमा झुण्डिको अवस्था भेटिएको समाजसेवी एवं पाल्पा समाज युकेका अध्यक्ष बाचस्पति रेग्मीले जानकारी दिइ ।
पोखरा स्थायी घर भएका ३२ वर्षीय केसी अध्ययनका क्रममा बेलायत आएका थिए। केही वर्षअघि नेपाल नै बस्ने गरी फर्किएका केसी पुनः बेलायत आएका थिए ।
लण्डनको मिलहिल स्कूलको क्याटरिङमा काम गर्दै आएका केसी लण्डनको नेपाली समुदायका चिरपरिचित गायक हुन् । उनी पाँच वर्ष अल्टरसटको निरमाया दोहोरी साँझमा गायकका रूपमा काम गर्थे । पछि लण्डन सरेर स्कूलमा काम गर्दै आएका थिए ।
घटनाबारे लण्डन प्रहरीले अनुसन्धान थालेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4