+
+
Shares

बाँकेमा दुईजना कोरोना संक्रमितको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७७ पुष २६ गते १२:०४

२६ पुस, काठमाडौं । दाङ र रोल्पाबाट उपचारका लागि बाँके पुगेका दुईजना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ ।

नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा रोल्पाको लिवाङ–४ की ४२ वर्षीया महिला र भेरी अस्पताल नेपालगञ्जमा दाङको बबई–६ की ८० वर्षीया वृद्धाको आइतबार बिहान मृत्यु भएको हो ।

स्वास्थ्य कार्यालय बाँकेले दिएको जानकारी अनुसार दाङकी ८० वर्षीया महिला पुस १० गते कोरोना संक्रमण पुष्टि भएकोमा सही दिन भेरी अस्पतालमा भर्ना भएकी थिइन् । उनको उपचारको क्रममा आइतबार बिहान ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यसैगरी पुस २५ गते उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा भर्ना भएकी ४० वर्षीया महिलामा सोही दिन कोरोना संक्रमण पुष्टि भएको थियो । उनको उपचारको क्रममा आइतबार बिहान ३ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?