Comments Add Comment

संसद विघटनको विरोधमा बयलगाडा जुलुस

२६ पुस, काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत प्रचण्ड–माधव नेपाल समूह निकट अनेरास्ववियूले आज बयलगाडासहित प्रदर्शन गरेको छ ।

थापाथली इन्जिनियरिङ क्याम्पसमा भेला भएर विद्यार्थीहरुले बयलगाडासहित प्रदर्शन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाए । प्रदर्शनमा अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङ लगायत सहभागी थिए ।

विगतमा ओलीले ‘गणतन्त्र ल्याउछौं भन्नु बयलगाडा चढेर अमेरिका पुग्नुजस्तै हो’ भनेको, तर नेपालमा गणतन्त्र स्थापना भएको र अहिले ओलीले गणतन्त्रको उपलब्धीलाई संकटमा पार्ने गरी संसद विघटन गरेकाले त्यसको विरोधमा बयलगाडासहित प्रदर्शन गरिएको अनेरास्ववियूका नेता सुरेन्द्र बस्नेतले बताए ।


थापाथली क्याम्पस परिसरबाट बयलगाडासहित विद्यार्थीहरु सडकमा आउनासाथ प्रहरीले उनीहरुलाई तितरबितर पारेको थियो ।

संसद विघटनको विरोध गर्दै प्रचण्ड–माधव समूह निकट अनेरास्ववियू हाल दोस्रो चरणको आन्दोलनमा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment